प्रबन्धक सान्दिया बाट

“रोजगार खोजिरहेका सबैजनाप्रति”(求職者のみなさんへ)

ए-प्लान कम्पनी
प्रबन्धक सान्दिया बाट,

म ए-प्लान कम्पनीको म्यानेजर सान्दिया हुँ।
म नेपालबाट आएकी हुँ र जापानमा आठ वर्षदेखि बस्दै आएकी छु।यी वर्षहरूमा मैले जापानी समाज, संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्ने मौका पाएको छु।जापानीहरू निकै इमानदार, सहयोगी र न्यानो हृदयका मानिसहरू हुन्।
हामीले काम गर्ने शहर साप्पोरो, चारै ऋतुमा सुन्दर प्रकृति र समृद्ध खानपिन संस्कृतिले भरिएको शहर हो।त्यसैले, जापान आउन चाहने जो कोहीका लागि साप्पोरो बस्नको लागि एकदमै उपयुक्त स्थान हो।

मैले जापानी भाषा परीक्षा N2 उत्तीर्ण गरिसकेकी छु, र जापानको अनुभवलाई उपयोग गरेर म तपाईंहरूलाई काम र दैनिक जीवनका सबै पक्षमा साथ दिनेछु।शुरूमा तपाईंहरूलाई केही डर वा चिन्ता लाग्न सक्छ,नयाँ देश, नयाँ भाषा, नयाँ माहोलमा तर म यहाँहरूको सहायताको लागि छु।काममा मात्र होइन, घरबास, स्वास्थ्य, दैनिक जीवन, सबै क्षेत्रमा म तपाईंहरूको साथमा हुनेछु।तपाईंहरूको हाँसो, तपाईंहरूको आत्मविश्वास नै मेरो प्रेरणा हो।तपाईंहरूको जापान यात्रा सफल होस् भनेर म सम्पूर्ण मनले सहयोग गर्नेछु।

के हामीसँगै जापानमा नयाँ सुरुवात गर्न तयार हुनुहुन्छ? तयार हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्तपाईंहरूसँग छिट्टै भेट हुने आशामा छु।

धन्यवाद।